तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते 

चितवन । चितवनमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान १० बजेर १० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपम चोकस्थित भित्री सडकमा डेरी चोकबाट यज्ञपुरी तर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर तर्फ आउँदै ना३३ प ३६६९ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार  विनोद थापाको उपचारको क्रममा ११ः४३  चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

मोटरसाइकल चालक बाग्लुङ्ग हरिया गाउँपालिका बस्ने आयुष बोहोरा गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button