तपाईँ सुन्दै हुनुहुन्छः

कानुन समिति बैठक : विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव

काठमाडौँ । बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव दिएका छन् । 

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आज गरेको छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विवाहको उमेर घटाउनेभन्दा पनि त्यहाँ देखिएका अन्य कमजोरीहरू घटाउन सुझाव दिएको हो । 

समितिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलको प्रारम्भमा बालविवाहको अवस्था, विवाहको उमेर र सामाजिक अवस्थाका विषयमा (सिजप)सँग छलफल गरेको थियो । 

सिजपका तर्फबाट अधिवक्ता इन्दु तुलाधारले विवाहको उमेर घटाउनेभन्दा पनि देखिएका कमी कमजोरी हटाउन, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को पुनरावलोकन गर्न र बालविवाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना बनाउनेतर्फ राज्यको ध्यान जानुपर्ने बताउनुभयो । 

छलफलमा सांसदहरुले बालविवाहको परिभाषा नभएको, विवाहको उमेर २० बर्ष राख्दै गर्दा कहिकतैं केही समस्याहरू पनि देखिएकाले ती कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button