पहिरोमा बेपत्ता सासू-बुहारी मृत फेला
ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिका–७ खेवाङमाको तेम्फुमा पहिरोले घर बगाउँदा सासू र बुहारीको मृत्यु भएको छ । पहिरोले बगाएर बेपत्ता भएका उनीहरू मृत अवस्थामा फेला पारिएको वडाध्यक्ष बद्ध दाहालले जानकारी दिनुभयो । सासू तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीलाई उनीहरूको घर रहेको स्थानभन्दा केही तल मृत अवस्थामा फेला पारिएको उहाँले जानकारी दिनुभयो ।
एउटै घरमा ३ जना बस्ने गरेकोमा छोरा विष्णु अधिकारी भने भागेर बाँच सफल भएको थिए । भाग्ने क्रममा उनी सख्त घाइते छन् । दाहालका अनुसार पहिरोले वडामा मात्र ३० घरपरिवार विस्थापित बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको गएको जनाकारी दिनुभयो । बाढी र पहिरोले ताप्लेजुङका विभिन्न स्थानमा क्षती गराएको उहाँले जानकारी दिनुभयो । सरिजिङ्गा वडा नं ६ मामाङखे र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लङिखमीको सिवा क्षेत्र लगायतका स्थानमा पहरोले समस्या सिर्जना गरेका खबर प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्