बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”
उहाँले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पार्नुभयो । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जबाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ ।”यस्तै, अर्थमन्त्रीले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्