कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन् ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याब्लेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो ।
कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्