तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ चुरे दिवसको अवसरमा वीरगञ्जमा वृक्षारोपण 

वीरगंज  । आठौँ चुरे दिवसको अवसरमा आज वीरगञ्जको आर्दशनगर क्षेत्रमा वृक्षारोपण गरिएको छ । 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनको संयुक्त आयोजनामा दुई सय थान म्यागो स्टिकका बिरुवा, कागती, निमका ४०÷४० थान गरी २ सय ८० थान बिरुवाहरू रोपिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनका इन्जिनियर अनिल सिन्हा, वीरगञ्ज महानगरपालिकाका उप–मेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, श्री जङ्ग गण वीरगंज पर्साका प्रमुख सेनानी डायमन कार्की, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, भारतीय महावाणिज्य दूतावासका नितेश कुमार, पर्साका ट्राफिक प्रहरी निरीक्षक धुब्रप्रसाद नेपाल, उद्योगी अशोक वैद्यलगायत ग्रिन सिटीका पदाधिकारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

नेपाल सरकारले चुरे संरक्षणका लागि वि.स २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो । सोही अवसरमा आज देशभर १ लाख बिरुवा रोपिने कार्यक्रम समेत तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button