प्रतिनिधिसभामा रासायनिक मल अभावबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रासायनिक मल अभावका विषयमाथि छलफल भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेत विशाल भट्टराईले नियमित कार्यसूची स्थगन गरी रासायनिक मल अभावका विषयमा छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्नुभएपछि छलफल सुरु भएको थियो ।
प्रमुख सचेत भट्टराईले धान बाली लगाउने समय कृषकले रासायनिक मल नपाइरहेको भन्दै मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा सांसदहरुले मल नपाएका कारण किसानले समयमा धानको बिउ राख्न नपाएको गुनासो गर्नुहुँदै मल अभावको समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
सत्तापक्षका सांसदहरुले कृषकले समयमा मल नपाउनु दुखद विषय भएको भए पनि बजेटमाथिको छलफल रोक्न नहुने नभएको बताउनुभयो ।
रासायनिक मलको अभाव बारेमा पेश भएको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याउनुभएको थियो ।
रासायनिक मल अभावका विषयमाथि छलफल सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्