एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ः०० बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको समीक्षा, जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो। आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ । एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन् ।








प्रतिक्रिया राख्नुहोस्