जनताको विश्वास जितेर इमानदारितापूर्वक काम गर्नुस् : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमानदारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनताले दिएको जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो ।
नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जबरालगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्