भारतीय प्रहरीको कुटाइबाट एक नेपाली युवा घाइते

बारा । भारतीय प्रहरीको कुटाइबाट हिजो एक नेपाली युवा घाइते भएका छन् । चप्पल किन्न भारतीय बजार आदापुर जाँदै गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका १६ वर्षीय भुलन ठाकुर घाइते भएको मटिअर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जितेन्द्र झाले जानकारी दिनुभयो ।
घाइतेको शरीरमा गम्भीर चोट रहेको स्थानीयले बताएका छन् । घाइतेलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ । ठाकुर घाइते भएपछि घाइतेका आफन्त र स्थानीयले दोषी भारतीय सीमा सुरक्षा बलका जवान माथि कारबाहीको माग गर्दै मटिअर्वाको सीमा नाकामा रहेको मुलगेट बन्द गरेर प्रदर्शन गर्ने तयारीमा छन् ।
समस्या समाधान गर्न सीमा सुरक्षा बल नेपालका सुरक्षा बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी नायव निरीक्षक ध्रुव खड्का र भारतीय सीमा सुरक्षा बल बीच घाइतेलाई उपचार गराउने सहमति भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्