तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा टेलिकमको नेटवर्क अझै केही दिन अवरुद्ध हुने

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ ।

टेलिकमको ओखलढुङ्गादेखि सोलुखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले बिहीबारसम्म टेलिकमको मोबाइल, ल्यान्ड लाइन र एडिएसएल सेवा प्रभावित हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ ।

जिल्लाको पत्ताले रिपिटर स्टेसनबाट सञ्चालित सल्लेरीसहित अधिकांश स्थानहरूमा सेवा अनियमित हुने कार्यालय प्रमुख महमद अकबर अलीले जानकारी दिनुभयो । उहाँका अनुसार केही समयअघि चट्याङका कारण सो क्षेत्रको फाइबरमा क्षति पुगेकाले मर्मत भइरहेको हो ।

जसका कारण आइतबार बिहानबाट टेलिकमको सञ्चार सेवा प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button