तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामबाट बेपत्ता बालक मृत फेला 

जनकपुरधाम । जनकपुरधामबाट एक साता अगाडि बेपत्ता बनाएका बालकको हत्या भएको अवस्थामा शव फेला परेको छ । 

अन्दाजी वर्ष ६ को  बालकको हत्या भएको अवस्थामा धनुषा र महोत्तरीको सीमामा पर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नंं २२ र महोत्तरीको पीपरा गाउँपालिका वडा नंं ६ वसविट्टीको दुग्धमति डेउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बालकको एकसाता अघि नै कसैले हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने घटनास्थल र शवको प्रकृतिले देखिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनु भयो । 

उक्त शव केही दिन अघि जनकपुरबाट बेपत्ता भएका एक बालकको भएको हुन सक्ने प्रहरीको अनुमान छ । एकसाता अघि सर्लाहीको कबिलासी नगरपालिका वडा नं ७ गैर बाजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका वर्ष ६ बालक राँकी बरही हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

गत जेठ १७ गते अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो । गरिबीका रेखामुनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन बिताइरहेका छन् । 

उनीहरू घुमन्ते रहेको र ठाउँ ठाउँमा टेन्ट गाडेर बस्दै आएका छन् । केही महिनादेखि बालकका आम बुबासहित केही छिमेकी जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button