खेलकुद विकास बोर्डको आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने
सुनसरी । प्रदेश १ खेलकुद विकास बोर्डको आयोजनामा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुनसरीको इटहरी रङ्गशालामा हुने भएको छ ।

जेठ २६ गतेदेखि सुरु हुने खेल असार १ गतेसम्म चल्ने र खेलमा प्रदेश १ का ११ समूहबिच प्रतिस्पर्धा हुने छ ।
खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा हुन लागेको फुटबल प्रतियोगितामा प्रदेशका ११ वटा टिमहरूको सहभागिता हुने प्रदेश प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्टले जानकारी दिए ।
नकआउट फुटबल प्रतियोगितामा राइजिङ्ग स्टार स्पोर्टिग क्लब पाँचथर, फ्युजन फुटबल क्लब उदयपुर, कोदार फुटबल क्लब भोजपुर, देउराली फुटबल क्लब धनकुटा, बाक्सिला फुटबल क्लब खोटाङ, मानभारा स्पोर्टिङ्ग क्लब ताप्लेजुङ सहभागी हुने भएका छन् । यसै गरी प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र खाँदबारी यूथ क्लब सङ्खुवासभा, मोतीराम स्पोर्टिग क्लब मोरङ, देउराली फुटबल क्लब धनकुटा, रेडहर्स फुटबल क्लब इलाम र शनिश्चरे फुटबल क्लब झापाको सहभागिता रहने जानकारी दिइएको छ ।
खेलमा सहभागी टिम मध्येबाट प्रथम स्थान हासिल गर्ने टिमलाई नगद २ लाख र दोस्रो हुने टिमलाई नगद १ लाख रुपैयाँ पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिने इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्