तपाईँ सुन्दै हुनुहुन्छः

जमुनाह नाकामा कोरोनाका तीन सङ्क्रमित फेला

नेपालगञ्ज । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । 

भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो । 

“केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख शाहका अनुसार आज दैलेख, प्युठान र जाजरकोटका एक/एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उहाँले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button