तपाईँ सुन्दै हुनुहुन्छः

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र

झापा। नेपाल सुस्त श्रवण सङ्घ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ । कनकाई नगरपालिकाको हिमाली माध्यमिक विद्यालयमा दुई दिने शिविरको आयोजना गरी झापा, मोरङ र इलामका सुस्तश्रवणका व्यक्तिलाई करिब ३० देखि ८० हजारसम्म पर्ने डिजिटल श्रवणयन्त्र वितरण गरेको हो ।

सङ्घले शुक्रवार र शनिवार शिविर आयोजना गरी वरिष्ठ कान विशेषज्ञ डा केशवमान डङ्गोलद्वारा ७७ जनाको कानको श्रवण क्षमता जाँच गरी सो श्रवणयन्त्र वितरण गरेको हो । सो यन्त्र आठ वर्षका बालबालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकसम्मलाई वितरण गरिएको सुस्त श्रवणसंघ प्रदेश नम्बर १ का अध्यक्ष हरिप्रसाद अधिकारीले बताउनुभयो ।

शिविरका लागि प्राविधिक र अन्य सहयोग भने नेपाल सुस्त श्रवण सङ्घको रहेको उहाँले बताउनुभयो । सङ्घले प्रदेशका अन्य जिल्लामा समेत शिविरको आयोजना गरी श्रवणयन्त्र वितरण गर्ने जनाइएको छ । उहाँका अनुसार गत कात्तिक महिनामा समेत जिल्लाका ४२ जना सुस्तश्रवण भएका व्यक्तिहरूलाई डिजिटल श्रवणयन्त्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button