तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीको नीति तथा कार्यक्रम दुई दिन पछि सर्‍यो

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि जेठ २३ गते सोमबार प्रदेश सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम दुई पछि सारिएको छ । सरकारले यसको सबै तयारी गरेर प्रदेशसभा पनि २३ गतेका लागि बोलाइएपनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि सारिएको हो । 

प्रदेश सभा सचिवालयले आइतबार एक विज्ञप्तिमार्फत सोमबार बस्ने प्रदेशसभाको बैठक स्थगित भएको जनाएको छ । बैठक जेठ २५ गतेका लागि सारिएको जनाइएको छ । 

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिमा २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै प्रस्तुत गर्नुपर्ने भएकाले उहाँको अस्वस्थतालाई ख्याल गर्दै दुई दिन सारिएको पुनले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button