रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको शुभारम्भ

काठमाडौँ । नेपाली सेनाले सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले विभिन्न सञ्चार माध्यमका ५ जना महिलासहित जम्मा २५ जना रक्षा संवाददाताहरूलाई सहभागी गराई ६ दिने अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ ।
सो अभिमुखीकरण कार्यक्रम यही जेठ २७ गतेसम्म पोखरास्थित मध्य कमाण्ड हेड क्वार्टरमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । कार्यक्रमको उद्घाटन उपरथी बाबुराम श्रेष्ठले गर्नुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरूलाई समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ नेपाली सेनाको साङ्गठनिक स्वरूप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारी लगायत अन्य विविध विषयहरूमा प्रस्तुतीकरण एवं अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने सेनाले जनाएको छ ।
साथै सहभागीहरूलाई तनहुँस्थित तनहुँ हाइड्रो पावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा सङ्ग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना समेत रहेको सेनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्