‘अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न पहल गर्ने’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठकले पार्टी अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकले अहिले तत्काललाई दुवै पक्षलाई राखेर सहमति गर्ने र छिटै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने निर्णय लिएको हो ।
पार्टीको आन्तरिक व्यवस्थापनमा केन्द्रित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न आफ्ना सदस्यहरूबाट एक महिनाभित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम सङ्कलन गर्ने निर्णय गरेको नेता लिलामणी पोखरेलले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बोलाउने निर्णय समेत गरेको छ । यसअघि शनिबार दिउँसो ३ बजेका लागि पूर्व स्थायी समिति सदस्यहरूको बैठक बोलाइएको भए पनि तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो ।
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।








प्रतिक्रिया राख्नुहोस्