प्रदेश सरकारद्वारा अनाथ, असहाय बालबालिकालाई खाद्यन्न र शैक्षिक सामाग्री बितरण

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले अन्तराष्ट्रिय बाल दिवसका अवसरमा कैलालीको गोदावरी नगरपालिका २ स्थित बाल आश्रममा रहेका अनाथ, असहाय तथा टुहुरा बालवालिकाका लागि खाद्यन्न र शैक्षिक सामाग्री बितरण गरेको छ ।
प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले आज एक कार्यक्रमका बिच ती बालबालिकालाई खाद्यन्न र शैक्षिक सामाग्री बितरण गर्नुभयो ।
त्यस क्रममा मन्त्री सुवेदीले अनाथ, असहाय तथा टुहुरा बालवालिकाको पालन पोषण तथा शिक्षादिक्षाका लागि प्रदेश सरकारको सम्पूर्ण सहयोग रहने बताउनुभयो । उहाले अनाथ, असहाय तथा टुहुरा बालवालिकाको अभिभावक प्रदेश सरकार भएको बताउनुभयो ।
२०७३ सालमा स्थापना भएको उक्त वाल आश्रम मा हाल ३० जना बालबालिका रहेको आश्रमका अध्यक्ष जानकी मलासीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्