तपाईँ सुन्दै हुनुहुन्छः

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

भोलि राष्ट्रपतिको उपस्थितिमा जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम भएको हुँदा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ ।

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको हुँदा सवैमा शुभकामना सहित मर्यादित रुपमा उक्त अवसरलाई मनाउन मन्त्रालयले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button