ललितपुर जिससमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित
ललितपुर । ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरू दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौ वटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
जिसस ललितपुरको प्रमुखमा नेपाली काँग्रेसका ऋषिदेव फुयाँल, उपप्रमुख नेकपा (माओवादी केन्द्र) का रामलाल थिङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै, खुला सदस्यतर्फ काँग्रेसका हरिहर कार्की, दिनेश घोर्साइने र माओवादीका साधुराम श्रेष्ठ, अल्पसङ्ख्यकमा काँग्रेसकै सुवेशबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसका गीता खड्का र शोभा कार्की निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले शपथ ग्रहण गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्