अब विराटनगरमा नै लाइसेन्स उपलब्ध हुने

विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात् सवारी लाइसेन्स अव विराटनगरबाटै उपलब्ध हुने भएको छ । सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आगामी साउनदेखि सवारी चालक अनुमतीपत्र विराटनगरबाट उपलब्ध गराउन लागिएको हो ।
त्यसका लागि प्रदेश न १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले तयारी शुरु गर्न यातायात व्यवस्था कार्यालय विराटनगरलाई निर्देशन दिइसकेको छ ।
लिखित र ट्रायल दुवै परीक्षा लिएर सवारी चालक अनुमतीपत्र दिने गरी तयारी अघि बढाइएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराइले बताउनुभयो ।
प्रदेश न १ यातायात तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार सो कार्यालय सवारी चालक लाइसेन्सका लागि परीक्षा शुरु गर्न लागेको हो । छिटो छरितो एवं सहज तवरले सवारी लाइसेन्स उपलब्ध गराउने गरी प्रक्रिया अघि बढेपछि सेवाग्राही समेत खुशी भएका छन् ।
सो कार्यालयले अहिले सवारी कर, सवारी नवीकरण, सवारी दर्ता नामसारी, सवारी जाचपास, रुट इजाजत पत्र लगायतका सेवा प्रदान गरिरहेको छ । सो कार्यालयबाट दैनिक डेढ सय भन्दा बढी सेवाग्राहीहरूले सेवा लिइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्