तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको जलेश्वरबाट ५० हजार रुपैयाँ घुससहित दुई जना पक्राउ

बर्दिबास । महोत्तरीको जलेश्वरबाट ५० हजार रुपैयाँ घुससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले ५० हजार रुपैयाँ घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई महोत्तरीको जलेश्वरबाट पक्राउ गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई  घुससहित पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका– २ स्थित मामाज किचेन होटेलबाट दुवै जनालाई पक्राउ गरेको हो ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बेला दुवै जनालाई रंगेहात पक्राउ गरिएको बर्दिबास स्थित अख्तियारको कार्यालयले जनाएको छ। 

अख्तियारले घटना सम्बन्धमा मुचुल्का लगायतको काम गरेर पक्राउ गरेका दुवैलाई बर्दिबास लगिने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button