तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठसहित दुई जना पक्राउ

जाजरकोट – जाजरकोटमा अवैध सालको काठसहित दुई जना पक्राउ परेका छन । ४३ थान सालको चिरान काठसहित शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतरा र गोपाल वुढालाई नियन्तणमा लिएर अनुसन्धान भइरहेको भिडिजन वन कार्यालयका निमिक्त डिभिजन प्रमुख महेश कुमाईले बताउनुभयो ।

घर बनाउने प्रयोजनका लागि नाहाडा सामुदायिक वनबाट सालको काठ चोरी गरी ओसारपसार गरिरहेको विशेष सुचनाको आधारमा महतरा र वुढालाई पक्राउ गरेको कमाईले बताउनुभयो ।

४७.६२ क्युफिट अवैद्य सालको काठसहित पक्राउ परेका महतरा र बुढालाई वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम बन मुद्दा लगाउनुको साथै सोही वन ऐनको दफा ५० ले गरेको व्यवस्था अनुसार सजाय गरिने डिभिजन वन निमित्त प्रमुख कुमाईको भनाई छ ।

पक्राउ परेका महतरा र वुढालाई हाल प्रहरी हिरासतमा राखेर आबश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button