ऊर्जा मन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ ।
यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गर्नुभएको हो ।
चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्य लाभ गरिरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्