तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सहयोग अपरिहार्य’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।

आज आयोजित मकवानपुरे समाज काठमाडौँको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रयासरत रहे पनि सरकार एक्लैले मात्रै सुधार गर्न गाह्रो हुने बताउँदै सहयोगका निम्ति सबैलाई आग्रह गर्नुभयो ।

file photo

मन्त्री खतिवडाले भन्नुभयो, “सरकारले समग्र स्वास्थ्य सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको छ, हामीले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ, सबैले आआफ्नो ठाउँबाट प्रयास गरेको खण्डमा छिट्टै सुधार गर्न सकिन्छ ।”

शनिबार सम्पन्न समाजको दोस्रो साधारण सभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष गुरुङले मञ्चले आगामी दिनमा व्यक्तिगत स्वार्थ र कुनै पनि राजनीतिक भावनाभन्दा माथि उठेर विशुद्ध सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button