तपाईँ सुन्दै हुनुहुन्छः

भिमदत्तलाई न्याय र मेलमिलापको नगरका रुपमा रूपान्तरण गर्ने

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकालाई न्याय र मेलमिलापको नगरका रुपमा रूपान्तरण गर्न मेलमिलापकर्ताहरुको भुमिका अहम् हुने नगर प्रमुख पदम बोगटीले बताउनुभएको छ । 

मेलमिलापकर्ताहरूले   नगर प्रमुख र उपप्रमुखहरूलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रमुख बोगटीले नगरका १९ वटा वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गर्ने र जनतालाई घरमै न्याय र मेलमिलाप गराउने बताउनुभएको छ । 

न्यायिक समिति संयोजक उपप्रमुख निलम लेखक जोशीले न्यायिक समितिले पूर्णता पाउन साथ मेलमिलाप केन्द्र स्थापना लगायतका कार्य अगाडि बढाउने बताउनुभयो । 

भिमदत्त नगरपालिकाका १९ वटा वडामा करिब ६० जना  सूचीकृत मेलमिलापकर्ता  रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button