गणतन्त्र दिवसमा बाँकेमा २१ जना कैदीबन्दी रिहा

नेपालगञ्ज । गणतन्त्र दिवसको अवसरमा बाँकेमा २१ जना कैदीबन्दी रिहा भएका छन् । ४० प्रतिशत कैद भुक्तान गरेका ७ जना र ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना गरी २१ जना रिहा भएको जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिनुभयो ।
५० प्रतिशत कैद भुक्तान गरेर रिहा भएका मध्ये ८ जना कर्तव्य ज्यान मुद्दा तथा सवारी ज्यान मुद्दा र गौवध मुद्दाका एक एक जना रहेका छन् भने चोरी मुद्दाका ४ जना छन् । यस्तै ४० प्रतिशत कैद भुक्तान गरेर रिहा भएका मध्ये ६ जना कर्तव्य ज्यान मुद्दाका र एक जना चोरी मुद्दाका रहेको पनि सोनकरले बताउनुभयो ।
जिल्ला कारागारले २५ जनाको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जनालाई मात्रै रिहाको आदेश भएको हो । गणतन्त्र र संविधान दिवसका अवसरमा राम्रो चालचलन भएका कैदीबन्दीको कैद मिनाहा गर्ने चलन रहेको छ । रासस






प्रतिक्रिया राख्नुहोस्