युक्रेनसँग गम्भीर वार्ता गर्न पुटिनलाई युरोपेली नेताहरूको सुझाव

काठमाडौँ । फ्रान्स र जर्मनीका राष्ट्र प्रमुखहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर रूपमा वार्ता गर्न सुझाव दिनु भएको छ ।
फ्रान्सका राष्ट्रपति इमानूयल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले ८० मिनेट चलेको टेलिफोन वार्तामा तत्काल युद्ध विराम र रुसी सेना फिर्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गर्न भयो ।
टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको प्रतिक्रिया दिनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्