तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौंँ।काठमाडौँ महानगरपालिका–४ चण्डौलस्थित एक घरमा आगलागी हुँदा झण्डै रु छ लाख बराबरको क्षति भएको छ ।

विद्युत् चुहिएर स्थानीय विमला अधिकारीको घरमा आज बिहान आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button