सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा आजदेखि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९÷८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्नुभएपछि छलफल सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नहालिएको जेरी जस्तो खल्लो भएको टिप्पणी गर्नुभयो ।
संसदीय दलका नेता ओलीले हिजो एमालेले ल्याएको नीति तथा कार्यक्रमलाई नै यो सरकारले निरन्तरता दिएको दाबी गर्नुभयो ।
उहाँले निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको भन्नुहुँदै फराकिलो मन र जनताको सेवक हुँ भन्ने भावनाले काम गर्न निर्वाचित उम्मेदवारलाई शुभकामना दिनुभयो ।
अध्यक्ष ओलीले चर्को मूल्यवृद्धिको मारमा जनता रहेको, पेट्रोलियम पदार्थको मूल्य एक हप्ताभित्र दुई पटक वृद्धि गरिएको भन्दै जनतालाई धोका दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्