टेक्ससमा भएको गोली प्रहारको घटनाको विश्वका नेताहरूद्वारा भर्त्सना

टेक्सस । अमेरिकाको टेक्सस राज्यमा १९ जना बालबालिका र दुई शिक्षकको ज्यान जाने गरी विद्यालयमा भएको गोली प्रहारको घटनालाई लिएर विश्वका नेताहरूले भर्त्सना गरेका छन् ।
फ्रान्स र युक्रेनका राष्ट्रपतिहरू तथा संयुक्त राष्ट्र सङ्घका महासचिवले अमेरिकामा बन्दुक लगायतका हातहतियारको खरिद-बिक्रीमा कडाइ गर्न आह्वान गर्नु भएको छ ।
सन् २०१९ मा ५० जनाको ज्यान जाने गरी न्युजिल्याण्डको क्राइस्ट चर्चमा भएको गोली प्रहारको स्मरण गराउनु हुँदै, न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले उक्त घटना पछि न्युजिल्याण्डले हातहतियारको खरिद बिक्रीमा अत्यधिक कडाइ गरेको र अमेरिकाले पनि त्यस्तै गर्नु पर्ने बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्