तल्लो गुणादीमा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
तनहुँ । तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मङ्गलवार जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसले स्कुटरलाई ठक्कर दिँदा भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खैरेनी टारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
थापाको उपचारका क्रममा दमौली अपतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमासँगै दमौली आइरहेका उनका २० वर्षीय छोरा सुशीर थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरामा लगिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्