वायर सर्ट भई आगलागी हुँदा कार पूर्णरुपमा जली नष्ट

बारा । बारामा टाटा टिगर कारको अचानक वायर सर्ट भई आगलागी हुँदा कार पूर्णरुपमा जली नष्ट भएको भएको छ ।
आज बिहान ०५ः३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका १६ पूर्व पश्चिम लोक राजमार्ग सडक खण्डको बंगरी पुलस्थित लालबन्दिबाट हेटौँडा तर्फ जाँदै गरेको प्र२–०२–००१ च.०१६५ न.को कारमा अचानक वायर सर्ट भई आगलागी भएको हो ।
प्रहरी, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल, निजगढ न.पा.को दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
घटनामा मानवीय क्षति नभएको, अन्दाजी २५,२६ लाख बराबरको क्षति भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्