तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेन नगर प्रमुखको पहिलो निर्णय: २ ठाउँमा हेलिप्याड, टोल टोलमा स्वास्थ्य बिमा

अछाम । अछाम सदरमुकाम रहेको मङ्गलसेन नगरपालिकाको प्रमुखमा पदम बोहराले दोस्रो पटक कार्यकाल सम्हाल्नुभएको छ ।

दोस्रो पटक पदभार ग्रहण गर्दै बोहराले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, लाई साक्षी राख्दै सामाजिक आर्थिक विकासका ५ वटा प्रतिबद्धता (निर्णय) गर्नुभयो ।

पदभार ग्रहण गर्दै नगर प्रमुख बोहराले टोल टोलमा निःशुल्क स्वास्थ्य बिमा, गर्भवती र सुत्केरीका लागि नगरका दुर्गम २ ठाउँमा हेलिप्याड, नगर स्तरीय शव वाहनको व्यवस्था, कृषकलाई आत्मनिर्भर बनाउन कृषि तथा पशु बिमामा ७५ प्रतिशत छुट र जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि बाल संरक्षण कोषको स्थापना गर्ने निर्णय गर्नुभयो ।

स्वास्थ्यमा कमजोर अवस्थाको पहिचान भएका मुटु रोगी, क्यान्सर पीडित, मिर्गौला रोगी लगायत गम्भीर प्रकृतिका दीर्घ रोगीको सरकारले गर्ने बाहेकका सो बिरामीको नगरबाट निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रमुख बोहराले बताउनुभयो ।

नगर प्रमुख बोहराले जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पतालबाट टाढा रहेका र यातायातको समेत पहुँच नभएका नगरको वडा नंं। १३ को बस्ती र १२ को छाप डाँडामा हेलिप्याड निर्माण गर्ने निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button