बिप्लव समुहका नेता बिक प्रहरीको नियन्त्रणमा

घोराही – जिल्ला प्रहरी कार्यालय दाङले नेत्रबिक्रम चन्द बिप्लव समुहको एक जना नेतालाई पक्राउ गरेको जनाएको छ । बिप्लव समुह निकट दलित मुक्तिमोर्चा दाङका उपाध्यक्ष ठाकुरप्रसाद बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला कार्यालय दाङबाट खटेको प्रहरी टोलीले तुलसीपुर ५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोदबिक्रम शाहले जानकारी दिनुभएको छ । लुकीछिपी हिड्ने क्रममा बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकलाई कार्यालयमा राखेर आबश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । यसअघि दाङमा गत असोजमा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्