तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख साहलाई तौल बराबरको लड्डुले स्वागत 

बारा । कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रवीणलाई समर्थकहरूले तौल बराबरको लड्डुले स्वागत गर्नुभएको छ  । 

बधाई तथा शुभकामना दिन पुग्नुभएका नगर प्रमुख सहितका अन्य निर्वाचितहरुलाई महमद गजनी ठकुराइले स्वागत गर्नुभएको थियो । 

त्यस अवसरमा साहलाई कटा तराजुमा राखेर तौल बराबरको लड्डु दिई पछि उपस्थित मानिसहरूलाई बाँडिएको थियो । 

नगर प्रमुख साहले जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने बताउनुहुँदै कलैयालाई नमूना उपमहानगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button