तपाईँ सुन्दै हुनुहुन्छः

हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

बारा । बाराको कलैयामा हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–२० मा बस्ने राजवंशी पासवानका छोरा दिपक पासवानलाई घाँटी रेटी हत्या गरेर गाउँ नजिकै गाडेको अवस्थामा हिजो शव फेला परेको थियो ।

दलित अगुवाहरूले हत्याको सत्य तथ्य छानबिन गरी हत्यारालाई कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button