धनुषाको सबैला नगरपालिका माओवादी र मिथिला विहारी नगरपालिकामा काँग्रेस विजयी
जनकपुरधाम । धनुषा जिल्लामा नेकपा माओवादी केन्द्रले पहिलो जीत हासिल गरेर खाता खोलेको छ ।
जिल्लाको सबैला नगरपालिकाको मेयर र उपमेयर माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादवले ४ हजार २ सय १२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली काँग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत ल्याउनुभयो ।
उपमेयरमा माओवादी केन्द्रका रहिमा खातुनले ४ हजार ६ सय ९९ सय मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किरण कापरले ३ हजार ६ सय ४ मत ल्याउनुभएको छ ।
यसैगरी, धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा मेयरमा नेपाली काँग्रेस तथा उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
नगरपालिकाका मेयरमा नेपाली काँग्रेसका राजेन्द्र प्रसाद यादवले ४ हजार ३ सय ४ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवले ४ हजार ९४ मत ल्याउनुभएको छ ।
यसैगरी, उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शोभा देवी साहले ३ हजार ३ सय ३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका अनिता कुमारीले २ हजार ७ सय ९७ मत ल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्