तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिकाको प्रमुखमा शाह र उपप्रमुखमा डङ्गोलको अग्रता कायमै 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३२ हजार ९ सय ७८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, नेकपा एमालेका केशव स्थापितले १७ हजार ६ सय ७८ मत पाउनुभएको छ । 

गठबन्धनबाट उम्मेदवार रहनुभएकी नेपाली काँग्रेसकी सिर्जना सिंहले १७ हजार ७ सय २ मत प्राप्त गर्नुभएको छ । 

काठमाडौँ महानगरपालिकाको उपउमेरमा नेकपा एमालेकी सुनिता डङ्गोलले ३२ हजार ६ सय १५ मत ल्याउनुभएको छ  । 

उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र श्रेष्ठले ११ हजार २ सय ७३ मत पाउनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button