तपाईँ सुन्दै हुनुहुन्छः

चक्रघट्टामा जसपाका अध्यक्ष उपाध्यक्ष निर्वाचित

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा कृष्ण कुमार यादव र उपाध्यक्षमा मिना देवी राय निर्वाचित हुनुभएको हो ।

यादव ५ हजार ९ सय १५ मत ल्याएर विजयी बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा राय ५ हजार ८ सय १५ मत ल्याएर विजयी बन्नुभयो । 

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीले ३ हजार ५ सय २१ मत प्राप्त गर्नुभयो  भने उपाध्यक्षमा रायको  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार विमल जयसवालले  ३ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button