इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार विजयी भएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा केदार भण्डारी र उपप्रमुख पदमा नेपाली काँग्रेस विनीता कुमारी मेहता विजयी भएका हुन् ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा केदार भण्डारीले ११ हजार ८ सय २४ मत र उपप्रमुख पदमा नेपाली काँग्रेसकी विनीता कुमारी मेहताले ११ हजार ४ सय ८० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा विजयी भएका केदार भण्डारीको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सरोज कुमार पोखरेलले ९ हजार ५३ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यसैगरी उपप्रमुख पदमा विजयी भएका नेपाली काँग्रेस विनीता कुमारी मेहताकी प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी (एमाले) सहजादी प्रविन (आलम) ले ९ हजार ५ सय ३७ मत प्राप्त गरी उनीसँग पराजित भएकी छिन् । इनरुवा बासी खुसीयाली साटासाट गर्दै विजयी जुलुस निकालेर पालिका परिक्रमा गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्