रामधुनी नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा शङ्कर लाल चौधरी र उपप्रमुख पदमा तारा थापा विजयी भएका हुन् ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा शङ्कर लाल चौधरीले १३ हजार ३ सय ७२ मत र उपप्रमुख पदमा तारा थापाले १२ हजार २ सय २० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नेकपा एमालेका तर्फबाट पालिकाको प्रमुख पदमा पदमा विजयी भएका शङ्कर लाल चौधरीको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४ सय ५ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यसैगरी उपप्रमुख नेकपा एमालेकी तारा थापाको प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी आशा कुमारी चौधरीले १० हजार ९ सय ४३ मत प्राप्त गरी उनीसँग पराजित भएकी छिन् ।








प्रतिक्रिया राख्नुहोस्