तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक सम्पन्न, प्रवास समन्यव कमिटीको इन्चार्ज विन्दा पाण्डे र अध्यक्षमा युवराज चौलागाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न बैठकले प्रवास समन्यव कमिटीमा विन्दा पाण्डेलाई इन्चार्ज र युवराज चौलागाईलाई अध्यक्ष रहनेगरी ५ सदस्यीय प्रवासी समन्वय कमिटीको गठन गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

पाण्डे पूर्वएमालेको सोही जिम्मेवारीमा हुनुहुन्थ्यो भने चौलागाई नेकपा माओवादीको विदेश विभागको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

सचिवालय बैठकले बिदेशमा अन्य कमिटी नबनाउने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button