मकवानपुर गढीको अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा नेपाली विजयी
मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार दोर्जे लामा बिजयी हुनुभएको छ ।

गठबन्धन (नेपाली कांग्रेस) तर्फबाट उम्मेदवार बन्नुभएका लामाले ६७०६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईँले ५६४५ मत प्राप्त गर्नुभयो । लामा निवर्तमान गाउँपालिका अध्यक्ष हुमागाईँसँग १०६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट (नेकपा माओवादी) की मान कुमारी नेपाली विजयी हुनुभएको छ । नेपालीले नेकपा एमालेका उम्मेदवार सन्तु थिङको भन्दा ९०६ मत बढी प्राप्त गरी बिजयी हुनुभएको हो । नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४ मत प्राप्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्