तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाको आँधीखोला र बिरुवामा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको आँधीखोला र बिरुवा गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेले जितेको छ ।

आँधीखोलामा नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो । पौडेलले ५ हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेमराज पौडेलले ४ हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेकै सिता थापा विजयी हुनुभएको छ । थापाले ५ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवारले ३ हजार ८१७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै बिरुवा गाउँपालिकामा एमालेले जितेको छ । अध्यक्षमा सूर्य कुँवर र उपाध्यक्षमा सावित्रा कोइरालाले विजय हासिल गर्नुभएको छ । कुँवर ४ हजार ८ सय ७२ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका डोलराज पोखरेलले ४ हजार ७४६ मत पाउनुभएको छ ।

उपाध्यक्षमा भगवती शर्मा विजयी हुनुभएको छ । शर्माले ४ हजार ९३७ मत ल्याउँदा शर्माका प्रतिस्पर्धी माओवादीका थमबहादुर गुरुङ ३ हजार ६७६ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button