हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा समेत काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार अध्यक्षमा काँग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित हुनुभएको हो ।
उहाँ यसअघि पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा काँग्रेसकै पूर्णसिंह राना निर्वाचित हुनुभएको छ । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्