तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटा नगरपालिकाको प्रमुख  र उपप्रमुखमा एमाले बिजयी

धनकुटा  । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।  

धनकुटा नगरपालिकामा प्रमुख  र उपप्रमुखसहित ५ वटा वडामा  एमालेले जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार धनकुटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ ७ हजार ६६६ मत ल्याई विजयी हुनुभएको छ ।  उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गर्नुभएको हो । पराजित दिनेश राईले ७ हजार ६५२ मत ल्याउनुभएको छ ।

१० वटा वडा रहेको नगरमा एमाले १ ,२ ,४ ,८ ९  जितेको छ भने गठबन्धनले ३ , ५, ६,७ र १० नम्बर वडा जितेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button