भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न झापाबाट २५ किमि पैदलयात्रा

बिर्तामोड । पर्यटन प्रवद्र्धनका लागि झापाबाट जनजागरण अभियान–२०७६ शुरु गरिएको छ । आजबाट शुरु भएको अभियानमा झापाका २७ जना युवा सहभागी छन् । भ्रमण वर्ष –२०२० लाई लक्षित गरी जनजागरण अभियान शुरु गरिएको हो ।
युवा व्यवसायी, राजनीतिकर्मी, पत्रकार सहभागी अभियान हरेक महिना सञ्चालन गर्ने पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले जानकारी दिनुभयो ।
झापा–इलामको सिमाक्षेत्र मेचीनगर–३ र रोङ गाउँपालिका –५ को बेसिबजारबाट विहान ८ बजे पैदय यात्रामा निस्किएको टोली साँझ ५ बजे कुटीडाँडास्थित हाँसपोखरी पुगेको थियो ।
भ्रमण वर्षलाई सफल बनाउन योगदान गर्ने गरी संभावनासमेत खोजी गर्दै पहिलो दिनको अभियान सम्पन्न गरिएको आचार्यले जानकारी दिनुभयो ।
यही महिनाको महिनाको अन्तिम शनिबार नेपाल–भारतको सिमा क्षेत्रमा जनजागरण अभियान सञ्चालन गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्