भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ ।
आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।
यस्तै, बाम लोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो ।
यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली काँग्रेसका केशव महर्जनले २९ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्